
काठमाडौं । युनाईटेड फाईनान्सले एकै साथ भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर, ईटहरी र धरानमा गरी ७ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले शुक्रबार एक समारोहका भैरहवा शाखाको उद्घाटन गरेका थिए । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकबाट भएका छन् ।
यसका साथै फाइनान्सको शाखा संख्या पश्चिममा सुर्खेत देखि पूर्वमा ईलाम सम्म २२ वटा पुगेको छ । यसका साथै युनाईटेड फाईनान्स पुँजी तथा शाखा संजालका हिसावले देशको सबैभन्दा ठुलो फाइनान्स कम्पनी बन्नेको फानान्सको दावी छ ।
सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालै मात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारको रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अरव ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परीचालन गरेको छ । गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभं वितरण गर्ने प्रस्ताव समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस