aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कुमारी बैंकको नक्सालमा आफ्नै भवन शिलान्यास

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० मंसिर २०७६
कुमारी बैंकको नक्सालमा आफ्नै भवन शिलान्यास

काठमाडौं । कुमारी बैंकले काठमाडौंको नक्साल स्थित आफ्नो भवन कर्पोरेट भवनको शिलान्यास गरेको छ । उक्त भूमीपूजन कार्यक्रम कुमारी बैंकका अध्यक्ष अमिर प्रताप ज. ब. राणाद्वारा वैदिक पूजा मार्फत सम्पन्न गरेका छन् । 

 पूजामा कुमारी बैंकका सञ्चालक समिति, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, बैंकका अन्य उच्च पदस्थ कर्मचारीहरु समेतको उपस्थिती थियो । 

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११० एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस