
काठमाडौं । लक्ष्मी लघुवित्तले शुक्रबार आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले गत भदौ २४ गते प्रस्ताव गरेको २६.३२ प्रतिशत लाभांशलाई पारित गरेको छ ।
यस वर्ष कम्पनीको सञ्चालक समितिले १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर समेत गरी ११ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर ११ गतेदेखि बुक क्लोज गरेकाले मंसिर १० गतेसम्म शेयर कायम रहेका सदस्यहरुले मात्र प्राप्त गर्न सक्नेछन् ।
लक्ष्मी बैंकको ७० प्रतिशत शेयर स्वामित्व रहेको यो कम्पनीको १५ प्रतिशत बोनस पश्चात चुक्तापूँजी २७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोषमा २१ करोड ३ लाख १२ हजार रुपैया रहेको छ ।
असोज मसान्तसम्म ३ करोड १७ लाख ६८ हजार रुपैया खुद नाफा गरेको छ । हाल ५२ जिल्लामा देशका विभिन्न ६७ वटा शाखा कार्यालय मार्फत कम्पनीले ८१ हजार भन्दा बढी विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस