
काठमाडौं । मानुषी लघुवित्तले अन्य कुनै लघुवित्त वित्तिय संस्थासँग मर्जरमा जाने वा एक्विजिशनमा जाने प्रस्ताव सहित पौष १३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाका अन्य प्रस्तावहरुमा सञ्चालक समितिको गत आवको वार्षिक प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक नियुक्ति, प्रथम सञ्चालक समितिलाई नै आगामी चार आर्थिक वर्षका लागि निरन्तरता दिने लगायत रहेको छन् । मर्जरका लागि आवश्यक सम्पूर्ण कामका जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस