
काठमाडौं । सबैको लघुवित्त वित्तिय संस्थाको सर्वसाधारणतर्फको सञ्चालकमा श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको मंसिर २१ गते सम्पन्न तेस्रो साधारण सभामा उनीहरु निर्वाचित भएका हुन् । साथै सोही सभाले कम्पनीकोे हाल कायम चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतीले पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस