
काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गरी आइतबारबाट एकीकृत कारोवार शुरु भएको छ ।
मर्जर पछि बैंको केन्द्रीय कार्यालय बुटवलमा रहने छ । यस अघि तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेड विच मर्जर भई विसं २०७६ असार ३१ गते देखि मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट कारोवारको शुरुवात गरेको थियो ।
मर्जरपछि यस विकास बैंकको चुक्तापूँजी १ अर्व ६७ करोड रुपैयाँ , निक्षेप संकलन १४ अर्व १४ करोड रुपैया, कर्जा लगानी १२ अर्व ६७ करोड रुपैया र बैंकका शाखा कार्यालयको संख्या ६२ पुगेको छ ।
तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको अध्यक्षमा टिकाराम घिमिरे, प्रमुख कार्यकारी अधिकृतमा प्रदिप कुमार श्रेष्ठ र नायव प्रमुख कार्यकारी अधिकृतमा हरि प्रसाद घिमिरे रहने छन् ।
राष्ट्रिय स्तरको विकास बैंक बन्ने तयारीमा रहेको उक्त विकास बैंकले तोकिएको चुक्तापूँजी पुर्याउनलाई हकप्रद शेयर जारी गर्ने वा आवश्यक परेमा अन्य वित्तीय संस्थासंग मर्जर वा प्राप्तिको विकल्प खुला राखेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस