aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ग्लोबल आइएमईमा नयाँ सिइओ, सञ्चाकल र डेपुटी सिइओले कार्यभार सम्हाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ मंसिर २०७६
ग्लोबल आइएमईमा नयाँ सिइओ, सञ्चाकल र डेपुटी सिइओले कार्यभार सम्हाले

काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुंवर क्षेत्रीले शुक्रबारदेखि पद बहाली गरेका छन । ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई मंसिर २० गतेदेखि एकिकृत कारोबार शुरु भएको हो । 

तीन दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा रहनुभएका क्षेत्री २०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत थिए । यसअघि उनीले तत्कालिन बैंक अफ एसिया र ग्राण्ड बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व गरिसकेका छन । 

वि.सं. २०४२ साल देखि तत्कालिन ग्रिनलेज बैंकबाट बैंकिङ्ग क्यारियर शुरु गरेका क्षेत्रीले तत्कालिन सरकारले विदेशी विज्ञहरु समेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा रहेर करिब तीन वर्ष ६ महिना काम गरेको अनुभव छ ।  

गत शुक्रबार सम्पन्न भएको मर्जरको औपचारिक कार्यक्रम पश्चात बैंकका अध्यक्ष  चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका थिए । त्यस्तै, ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत महेश शर्मा ढकाललाई वरिष्ठतम नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन । 

 ग्लोबल बैंकका बहालवाला पाँच संचालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल नयाँ बन्ने सञ्चालकमा पनि यथावत छन्। जनता बैंकबाट आएका लंगबहादुर केसी, रामबहादुर भण्डारी, गौतमप्रसाद खनाल, संजिव न्यौपाने र मिनाकुमारी सैंजु गलोलब बैंकमा सञ्चालक नहुने भएका छन । 

 एकिकृत ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजीकोष रु. २४ अर्ब, कुल निक्षेप २१३ अर्ब, कुल कर्जा १९४ अर्ब भन्दा बढी रहेको छ । त्यस्तै ,७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्ने गरी बैंकका ३ सय भन्दा बढी शाखा÷सञ्जाल, २५९ एटिएम, २४४ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८४० भन्दा बढी सेवा केन्द्रहरु रहेका छन् । 

प्रतिक्रिया दिनुहोस