aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवाको १३औं साधारण सभा, ६.८ प्रतिशत लाभांशको प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
कामना सेवाको १३औं साधारण सभा, ६.८ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं । कामना सेवा विकास बैंकको १३ औं वार्षिक साधारण सभा पुस १७ गते डिल्लीबजार, काठमाडौमा बिहान ११ बजे हुने भएको छ । बैंकको मंसिर २२ गते बसेको संचालक समितिको बैठकले सो सभा गर्ने निर्णय गरेको हो । 

बैंकले शेयरधनीका लागि गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ६ दशमलव ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने रहेको छ । साथै सभाले लेखा परीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बैंक र अन्य इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरु एकआपसमा प्राप्ति तथा गाभ्न गाभिनको लागि संचालक समितिलाई अख्तियारी दिने छ ।  

साधारण सभा प्रयोजनको लागि बैंकको शेयरधनीदर्ता पुस्तिका मंसिर ३० गतेदेखि पुस १७ गतेसम्म बन्द रहनेछ । मंसिर २९ गतेसम्मका कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन, मतदान गर्न लाभांशका लागि योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस