aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विजय लघुवित्तको लाभांश संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ मंसिर २०७६
विजय लघुवित्तको लाभांश संशोधन

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७५÷०७६ को मुनाफाबाट वितरण गर्ने भनेको लाभांश संशोधन गरेको छ । कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको १०८ औं बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संचालक समितिको बैठकले सो लाभांश संशोधन गरी १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले नगद लाभांशमा घटाएर बोनस शेयर बढाएको हो ।

संशोधित कुल २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ४८ लाख १० हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस