
धनुषा । मिथिला लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नवलपुर सर्लाही कार्यालयले सोमवार शाखा कार्यालयको विभिन्न केन्द्रहरुमा आबद्ध रही समयमा ऋण भुक्तानी गर्न नसकी समस्यामा परेका ऋणी सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
संस्थाको ईलाका प्रवन्धक रोशन कुमार चौधरीको अध्यक्षतामा संचालन भएको एक दिने वित्तीय साक्षरता कार्यक्रममा कर्जा विभाग प्रमुख रेशम प्रसाद वास्तोलाले कर्जा सदुपयोगिता, बचतको उपयोग, खराब ऋणको बेफाईदा जस्ता विषयमा जानकारी गराएका थिए ।
नवलपुर शाखा प्रवन्धक रुद्रराज ढकालले संचालन गरेको कार्यक्रममा विभिन्न केन्द्रका करिब ३० जना ग्राहक सदस्य तथा अभिभावकको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अन्त्यमा वित्तीय समस्यामा परेका ऋणी सदस्य रिता देवी चौधरीले वित्तीय समस्यामा परेका सदस्यहरुलाई कारवाही गर्नुको सट्टा वित्तीय साक्षरता कार्यक्रम गरी चेतना जगाउने काम गरेकोले मिथिला लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएकी थिईन ।
प्रतिक्रिया दिनुहोस