
ओरेन्टल सहकारीको चर्चा चलेको लामो समय भैसक्यो । अहिले भेगा सिटीको जग्गा सर्वोच्च अदालतले रोक्का गरेको छ । जग्गा लिलाम गर्न नपाए पछि ऋण असुल्ने काम भैरहेको छ ।
ओरेन्टल सहकारीको १६ अर्ब दायित्व रहेपनि हाल सम्म १ करोड मात्र जफत भएको छ । उक्त सहकारीबाट धेरै मारमा परेका निक्षेपकर्ता पोखरा र काठमाडौंको रहेको समस्या ग्रस्त सहकारी संस्थाका सुचना अधिकारी रेवत रवण पोखरेलले बताए ।
ओरेन्टलमा बचत कर्ताले बचत गरेको रकम साढे चार अर्ब रहेको छ । ७ हजार ५ सय ४६ जनाले बचत फिर्ता लिन निवेदन दिएका छन् । भ्याली बाहिरका ऋणीहरु अत्याधिक भएका कारण सबैलाई समेट्न सकेको छैन । निवेदन दर्ता गर्ने म्याद सकिसके पनि पिडितहरु निवेदन दर्ता गर्न आइरहेका छन् ।
ओरेन्ट सहकारीको कम्प्युटरको सफ्टवयर सबै नचल्ने भएकाले पुरा विवरण लिन नसकेको सुचना अधिकारी पोखरेलले बताए ।
निवेदन दर्ता नगरी संकलन प्रक्रिया पुर्याएर राखिएको छ । जम्मा सदस्य संख्या हालसम्म खुल्न आएको छैन उक्त सहकारी २०६९ पुषबाट बन्द भएको हो । ।
अर्को समस्या ग्रस्त सोसाइटी सहकारीको भने गत मंसिर पुषसम्म चलेको सहकारी हो । उक्त सहकारीको डकुमेन्टहरू सुरक्षित भएकोले २÷३ महिनामा सबै पत्ता लगाउने पोखरेलले बताए ।
गत बैशाख १५ गतेबाट निक्षेपक कर्ताहरुको दर्ता गराउने मिति समाप्त भएको छ । तत्काल दर्ता गराउने मिति थप नगराउने योजना रहेको छ ।
सोसाइटीको हकदाबी संकलन गरिसकेको र चाँडै अडिट गराउने, सञ्चालकहरुलाई बयान गराउने काम भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस