
सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीकोवाताारण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।
उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए । उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायत , मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारि शुरु भएको बताए ।
नेपालमा प्रदेश(प्रदेशहरु र स्थानिय सरकारहरुबीच विकासमा प्रतिस्पर्दा पनि शुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात प्रदेशमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।
अन्तरक्रियामा गैर आवाशीय नेपाली संघको अन्तरास्ट्रिय समितिका उपाध्यक्ष मन के सीले आफ्नो सस्था दश अर्ब बराबरको गैर आवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण संगै नेपालमा गैर आवाशीय नेपाली हरुको ठुलो तथा सयुक्त लगानी शुरु हुने बताए ।
कार्यक्रममा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गर आवासीय नेपालीहरुमा लगानीको आत्माबिस्वास अझै पैदा नभएको बताए ।
नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाबाट पुजी लगानी गर्न पाइने बाताबरण बनेमा गैर आवासीय नेपाली लगाएत बैदेशिक पुँजी नेपालमा भित्रन सक्ने उनले बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैर आवासीय नेपालीहरुले ठूलो मात्रामा संयुक्त पुँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफुलाई विस्वास भएको भन्दै आफुहरुले पुँजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुर्इ दर्जन व्यवसायी तथा गैर आवाशीय नेपाली अगुवाहरु उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस