
काठमाडौं । एनआईसी एसिया बैंककोे सहायक कम्पनी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आव २०७५/७६ को वित्तीय विवरण पारित गर्दै नियामक निकायलगायतका कार्यालयबाट स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ । सभाले लघुवित्तको अध्क्षमा कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको १९ जिल्लामा ६१ शाखा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस