aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल बंगलादेशको बुधबारसम्मका लगानीकर्ताले लाभांश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ मंसिर २०७६
नेपाल बंगलादेशको बुधबारसम्मका लगानीकर्ताले लाभांश पाउने

काठमाडौं । नेपाल बंगलादेश बैंकको लाभांश सुरक्षित गर्ने मंसिर २५ गते बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष ५ प्रतिशत बोनस शेयर र करसहित ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 लाभांशसहित अन्य प्रस्ताव पारित गर्न बैंकले पुस ७ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २६ गते बुक क्लोज गर्ने भएकाले सभामा भाग लिन र लाभांश पाउन मंसिर २५ गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको हो । यस बैंकले मर्जर तथा एक्विजिसनको प्रस्तावलाई समेत अघि सारेको छ । 
 

प्रतिक्रिया दिनुहोस