aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रदेश सरकारको १० करोड ५७ लाख निकासा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
प्रदेश सरकारको १० करोड ५७ लाख निकासा

प्रदेश नं ३ सरकारले प्रदेशका विभिन्न स्थानीय तहका लागि रु १० करोड ५७ लाख निकासा गरेको जनाएको छ । सो रकमबाट प्रदेश नं ३ को स्थानीय निकायका लागि ५० वटा आपतकालीन सवारी साधन खरीद गर्ने भएको बताइएको छ ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार  प्रदेशका ४७ वटा स्थानीय तहले ३७ वटा एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शव वाहन खरीद गर्नका लागि अनुमति प्राप्त गरेका छन् भने रकमसमेत निकासा भएको छ । 

साधन खरीदका लागि स्थानीय तहहरुमा रु १० करोड ५७ लाख निकासा गरिएको र खरीद प्रक्रियासमेत शुरु भएको मन्त्री ढुंगेलले जानकारी दिए । प्रदेश ३ का ११९ वटै स्थानीय तहलाई सेवा मुलक सवारी खरीद गर्नका लागि प्रस्ताव आह्वान गरिएकोमा ४७ वटा स्थानीय तहको प्रस्ताव स्वीकृत भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस