
भक्तपुर । कामना सेवा विकास बैंकले भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीमो १०६औं शाखा शुरू गरेको छ । मध्यपुर थिमी नगरपालिका १ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष सुदीप आचार्यले संयुतm रुपमा शाखाको उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत, नायब महाप्रबन्धक हरिप्रसाद लम्साल, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए।
प्रतिक्रिया दिनुहोस