aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ मंसिर २०७६
लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको ३५०औं बैंठकले  २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत अर्थात १२ करोड ९३ लाख रुपैयाँ बराबरको बोनस र १५ प्रतिशत अर्थात ३८ करोड ८० लाख रुपैयाँ नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस