
काठमाडौं । कुमारी बैंकले कारोबारलाई नगद रहित बनाउन कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले (Kumari Smart Mobile Banking Application) मोबाईल बैंकिङ्गबाट पहिलो १०० रुपैयाँको टपअप गर्दा १०० रुपैयाँ नै क्यासब्याक प्राप्त गर्न योजना सार्वजनि गरेको छ ।
यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ र यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुने पर्ने बैंकले जनाएको छ ।
स्क्यान एन्ड पे – यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा क्यु. आर. कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा दैनिक अधिक्तम १०० रुपैयाँसम्म क्यासब्याकप्राप्त गर्न सकिने छ । यो योजना फाल्गुन १७ गतेसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिल भुक्तानी जस्तै – पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिन्छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ११६ शाखा संजाल, १११ एटिएम्, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिदँै आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पु¥याउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस