
काठमाडौं । पोखरा फाइनान्सले २३औं साधारण सभा पुस १८ गते पोखरामा बोलाएको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभामा कम्पनीले शेयरधनीको लागि ७ प्रतिशत बोनस शेयर र ७ दशमलव २० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका पुस ४ गतेदेखि १८ गतेसम्म बन्द रहनेछ ।
प्रतिक्रिया दिनुहोस