aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

महालक्ष्मी विकास बैंकद्वारा सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ मंसिर २०७६
महालक्ष्मी विकास बैंकद्वारा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निजगढ र बानेश्वर शाखाले पानी ट्याङकी वितरण गरेका छन् । 
निजगढ शाखाले निजगढ–१०स्थित पल्युल साम्तेन्लिङ गुम्बालाई गुम्बा व्यवस्थापन समितिका अध्यक्ष्य भीम बहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो । 
बानेश्वर शाखाले बानेश्वरस्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस