aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनआईसी एशियाको कार्ड अब सुरक्षित हुने, मोरक्कोको कम्पनीसँग सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ मंसिर २०७६
एनआईसी एशियाको कार्ड अब सुरक्षित हुने, मोरक्कोको कम्पनीसँग सम्झौता

काठमाडौं । एन आई सी एशिया बैंकले कार्ड सिस्टममा सरल र विश्वसनीय सुविधा प्रदान गर्नका लागि S2M को select system EFT स्वीच प्रयोगमा ल्याउने भएको छ ।

बैंकले विहीबार S2M (Societe Maghrebine De Monétique Ltd.) मोरक्कोसँग उक्त स्वीच प्रविधि खरिदका लागि एक समारोहका बीच सम्झौता गरेको छ । बैकले उच्च गुणस्तरीय आफ्नै स्वीच प्रयोगमा ल्याएसँगै कार्डबाट हुने कारोबार छिटो, सरल र सुरक्षित हुनुका साथै स्वदेश र विदेशबाट कार्डबाट हुने E- commerce कारोबार सहज रुपमा गर्न सकिने बैंकले जनाएको  छ । 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत  रोशन कुमार न्यौपाने र S2M मोरक्कोका तर्फबाट उपाध्यक्ष मोहम्मद अमरति रिफीले हस्ताक्षर गरेका छन । बैंकका मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९४ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 
 

प्रतिक्रिया दिनुहोस