aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

कुमारी बैंकको नयाँ शाखा मेलम्चीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
कुमारी बैंकको नयाँ शाखा मेलम्चीमा

काठमाडौं । कुमारी बैंकले सिन्धुपाल्चोकको मेलम्चीमा आफ्नो नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत, स्थानीय व्यापारिक समुदाय, वासिन्दा लगायत बैंकका कर्मचारीको उपस्थितिमा बैंकका संचालक कृष्ण प्रसाद ज्ञवाल र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

 बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ । 

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११६ शाखा संजाल, ११२ एटिएम, ५ एक्सटेन्सन काउन्टर तथा २० शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस