aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

स किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंक ८५ वटा शाखा, ८४ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस