aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एनएमबि लघुवित्तको हकप्रद भर्न  एक दिन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
एनएमबि लघुवित्तको हकप्रद भर्न  एक दिन बाँकी

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०५ हकप्रद भर्न अब १ कार्यदिन मात्र बाँकी रहेको छ । आइतबार (मंसिर २९ गते) कार्यलयसमय सम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 

एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३।७५ कित्ता (१५  हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।

एनएमबिले कात्तिक २४ गतेदेखि २४ लाख ३० हजार ९३.७५ कित्ता (१५०%) हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा कात्तिक ६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ ।

सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि भने कम्पनीको पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा एनएमबिले १ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

प्रतिक्रिया दिनुहोस