aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
सानिमा बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा बैंकको १५ औं वाषिर्कोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र नक्साल, नारायणचौर संगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैँचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको बैंकले जनाएकाे छ ।

शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्वअन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सानिमा बंैकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटिएम छ ।

प्रतिक्रिया दिनुहोस