aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

फुडमान्डूमा अर्डर गर्दा एनआईसी एशियाबाट भुक्तानी र भारी छुट पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ मंसिर २०७६
फुडमान्डूमा अर्डर गर्दा एनआईसी एशियाबाट भुक्तानी र भारी छुट पाइने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र फुडमान्डुबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा फुडमान्डुबाट आफूले इच्छाईएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिने बैंकले बताएको छ  ।

यस सम्झौतासँगै सीमित अवधिका लागि एनआईसी एशिया बैंक लगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत वा अधिकतम्  ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  निदान श्रेष्ठले हस्ताक्षर गरेका छन । 

बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ४०२ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

प्रतिक्रिया दिनुहोस