
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २ दशमलव ६२५ प्रतिशत नगद लाभांश वितरण गर्ने संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रउयोजनका लागि शून्य दशमलव १२५ प्रतिशत नगद लाभांश गरी २ दशमलव ६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी ६ करोड रहेको छ बोनस वितरण पश्चात उक्त पूँजी उक्त पूँजी ६ करोड १५ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस