aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठुलाे आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठुलाे आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालनमा ल्याएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा आज आइतबार बस्दै छ । यस बैंकको पहिलो साधारण सभा आज बेलुका ४ बजेदेखि र्याडिसन होटलमा सुरु हुनेछ ।

इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभाले हालसम्मकै ठूलो साधारण सेयर (आइपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्ने प्रस्तावसहित सभा डाकेको हो ।
 
साथै, सभाले आइपीओ निष्कासनको प्रस्ताव सहित चुक्ता पुँजी वृद्धि गरी २० अर्ब पुर्याउने, सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने र संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । बैंकको चुक्ता पुँजीमा भएको वृद्धिसँगै बैंकको प्रबन्धपत्रमा संशोधन वा थप गर्नेछ । 
 
बैंकमा सरकारको १०%, बिमा कम्पनीहरुको १८.९७%, वाणिज्य बैंकहरुको २०.८९%, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५%, व्यक्तिगत ४. ९९% तथा सर्वसाधारणको ४०% स्वामित्व रहने छ । अनुज अग्रवाल अध्यक्ष रहेको यस बैंकका अन्य सञ्चालकहरुमा मुकुन्दप्रसाद पौड्याल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौड्याल छन् । 

प्रमुख कार्यकारी अधिकृतको रुपमा अनिल ज्ञवालीले जिम्मेवारी सम्हालिरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस