aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लक्ष्मी बैंकको नाफा १९ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
लक्ष्मी बैंकको नाफा १९ प्रतिशतले वृद्धि

लक्ष्मी बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब २ करोड ९६ लाख रुपैयाँ कमाउन सफल भएको छ , जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १९ दशमलव ५५ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ८६ करोड ११ लाख  रुपैयाँ रहेको थियो । 

८ अर्ब ९२ करोड ५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लक्ष्मी बैंकको रिटेन्ड अर्निङ्ग ९६ करोड ८६ लाख रुपैयाँ र जगेडा १२ अर्ब ६ करोड २ लाख रुपैयाँ रहेको छ ।

बैंकले निक्षेपमा ७७ अर्ब ४४ करोड ६१ लाख निक्षेप संकलन गरि कर्जामा ७० अर्ब ५१ करोड ५७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । बैंकले कर्जामा १८ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३४ दशमलव ४७ प्रतिशतले बढेर २ अर्ब १९ करोड ६२ लाख रुपैयाँ र सञ्चालन नाफा १९ दशमलव ४० प्रतिशतले बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १५ दशमलव ३९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ १३५ दशमलव २० रुपैयाँ र तरलता अनुपात १३ दशमलव ८१ प्रतिशत रहेको छ ।
बैंकको आधार ब्याजदर १० दशमलव २६ प्रतिशत, कोषको लागत ७ दशमलव.३२ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २० प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ६० प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस