
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले इन्फो डेभलोपर्स प्रालिसँग ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस सेवा सम्झौता गरेको छ । सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।
फाइनान्सको ट्याब तथा मोबाइल बैंकिङ, एसएमएस सेवाले ग्राहकलाई छिटोछरितो माध्यमबाट डिजिटल सेवा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकलाई समय सापेक्ष डिजिटलमाध्यममार्फत नवीनतम् सेवा उपलब्ध गराउन उक्त सम्झौताले फाइदा पुर्याउने बताउनुभयो ।
उक्त एसएमएस सेवा लघुवित्तको क्षेत्रमा नौलौ प्रयोगमा रहेको र ग्राहकले आफ्नो घरमा नै बसि मोबाइलमार्फत बचत, कर्जाको स्थितिको जानकारी तथा विभिन्न सेवा प्राप्त गर्न सकिने समेत बताउनु भयो ।
नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी ५६ जिल्लामा ११० शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी विपन्न परिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस