
काठमाडौं । नेपाल एसबिआई बैंकको लाभांश पारित भएको छ । आइतबार भएको २६औँ वार्षिक साधारणसभाले १६.८४ प्रतिशत लाभाशं (६ बोनश र १०.८४ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले बैंकको आ.व. २०७५/७६ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७६ को वासलात, आ.व. २०७५/७६ को नाफानोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेकोे छ ।
बैंकले आ.व. २०७५/७६ मा रु. ३१२.३९ करोड संचालन मुनाफा र २२९.२५ करोड खुद मुनाफा गरेको छ । साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७५/०७६ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
प्रतिक्रिया दिनुहोस