aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

'वैदेशिक रोजगार बचत पत्र २०८१' जारी गर्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ मंसिर २०७६
'वैदेशिक रोजगार बचत पत्र २०८१' जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले रोजगारीका लागि विदेशमा रहेका नेपाली श्रमिकलाई लक्षित गदै 'वैदेशिक रोजगार बचत पत्र २०८१' जारी गर्ने भएको छ ।  २० करोड रुपैयाँको उक्त 'वैदेशिक रोजगार बचत पत्र २०८१'

पुस १ गतेदेखि २१ गतेसम्म खुला हुने बचतपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा गैर आवासीय नेपालीहरुले आवेदन भर्न पाउने जनएकाे छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई मध्यनजर गर्दै बैंकले विगतमा पनि रोजगार बचतपत्र जारी गदै आएको थियो । 

वैदेशिक रोजगारीमा गएर ४ महिना विदेशीमा बसेर फर्किएका श्रमिकले पनि बचत पत्र किन्न पाउँछन् । यस्तै विदेशमा रहेका श्रमिकका परिवारका सदस्यहरु बुव, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगार बचतपत्र किन्ने व्यक्तिले १० प्रतिशत ब्याजदरसँगै हरेक ६ महिनामा भुक्तानी र ५ वर्षभित्र सावाँ पनि फिर्ता पाउने बैंकको सूचनामा भनिएको छ । बचतपत्र किन्ने व्यक्तिले उक्त बचत पत्र बिक्री गर्न वा धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने सुविधा पनि केन्द्रीय बैंकले दिएको छ ।

बचतपत्रका लागि काठमाडौं उपत्यका भित्र प्रभु बैंक अनामनगर, नबिल बैंक तीनधारा दरबारमार्ग, सिटिजन्स बैंक कमलादी, माछापुच्छ्रे  बैंक लाजिम्पाट, सनराइज बैंक गैह्रीधारा, सिद्धार्थ बैंक हात्तीसार, सानिमा बैंक नक्साल, सेञ्चुरी बैंक पुतलीसडक, प्रभु मनि ट्रान्सफर लैनचौर र सेवा रेमिट कुलेश्वरमा आवेदनका लागि छुटाइएको छ ।

प्रतिक्रिया दिनुहोस