aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैंक अफ काठमाण्डूको नाफा १ अर्ब २० करोड, बढ्यो २९ प्रतिशतले नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
बैंक अफ काठमाण्डूको नाफा १ अर्ब २० करोड, बढ्यो २९ प्रतिशतले नाफा

बैंक अफ काठमाण्डू लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब २० करोड ४६ लाख रुपैयाँ कमाउन सफल भएको छ , जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २९ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ९३ करोड ५ लाख रुपैयाँ रहेको थियो । 

८ अर्ब ६ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङ्ग १ अर्ब २२ करोड ४६ लाख रुपैयाँ र जगेडा १२ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

बैंकले निक्षेपमा ८१ अर्ब १३ करोड ५० लाख निक्षेप संकलन गरि कर्जामा ७१ अर्ब २६ करोड १५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । 

बैंकको खुद ब्याज आम्दानी ३२ दशमलव ५२ प्रतिशतले बढेर २ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ र सञ्चालन नाफा ३० दशमलव ५३ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव ९२ रुपैयाँ, मुल्य आम्दानी अनुपात १३ दशमलव २५ गुणा, प्रतिशेयर नेटवर्थ १५९ दशमलव ९२ रुपैयाँ र तरलता अनुपात २४ दशमलव २९ प्रतिशत रहेको छ ।
बैंकको आधार ब्याजदर १० दशमलव ०७ प्रतिशत, कोषको लागत ७ दशमलव.३७ प्रतिशत, निष्कृय कर्जा २ दशमलव १२ प्रतिशत र जोखिम युक्त सम्पत्ति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस