aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवा विकास बैंकको शाखा भंगालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
कामना सेवा विकास बैंकको शाखा  भंगालमा

काठमाडौं । कामना सेवा विकास बैंकले १०७औं शाखा कार्यालय बुढानिलकण्ठ नगरपालिका–८ स्थित भंगालमा स्थापना गरेको छ ।  उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

बस्नेतले  बैंकले व्वसाय विस्तारको क्रममा नवीनतम प्रोडक्ट तथा बृहत शाखा सञ्जालमार्फत ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ सेवा सुविधा उपलब्ध गराउँदै जाने समेत जानकारी दिए । बैंकले देशका विभिन्न भागहरुमा १०७ वटा शाखा तथा ५६ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस