
काठमाडौं । सिर्जना फाइनान्सले अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कम्पनीले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको ३ लाख २० हजार ७४२ कित्ता शेयर पुस ७ गतेदेखि लिलाम बढाबढ गर्ने भएको छ ।
जसमध्ये संस्थापकतर्फ २ लाख ८ हजार ५२३ कित्ता र सर्वसाधारणतर्फ १ लाख १२ हजार २१९ कित्ता रहेको छ । पुस १४ गतेसम्म बिक्रीमा रहने यो शेयरको न्यूनतम मूल्य सय रुपैयाँ तोकिएको छ । खरिद गर्न चाहनेहरुले सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा संस्थापकतर्फ न्यूनतम हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम सय कित्ताका लागि आवेदन दिन सकिनेछ । अधिकतम आवेदनको हकमा कुनै हद तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस