aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मुक्तिनाथ विकास बैंकको साधारण सभा आज बोनस सेयर वितरण प्रस्ताव गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
मुक्तिनाथ विकास बैंकको साधारण सभा आज बोनस सेयर वितरण प्रस्ताव गर्दै

काठमाडौं । मुक्तिनाथ विकास बैंकको साधारण सभा आज सोमबार हुँदैछ । सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश वितरण प्रस्ताव गर्नेछ । 

यस्तै, सामूहिक लगानी कोष स्थापना गरी कोष प्रवर्धकको काम गर्ने एजेन्डा पनि छ । सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ गरी कुल ५ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । मुक्तिनाथले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ ।

अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । मुक्तिनाथले सभा प्रयोजनका लागि सोमबार मंसिर २३ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज गरेको छ । तसर्थ, मंसिर २२ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश हात पार्न सक्नेछन् ।   
 

प्रतिक्रिया दिनुहोस