aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निर्धन उत्थान लघुवित्तको शेयर मूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
निर्धन उत्थान लघुवित्तको  शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको प्रस्तावित २५ प्रतिशत बोनस शेयरपछिको मूल्य प्रतिकित्ता रू. ७७८ दशमलव ४० तोकेको हो ।
 कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ३० गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजका आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन । यस वर्ष २५ प्रतिशत बोनस शेयर सहित कम्पनीले बोनस शेयर कर प्रयोजन समेत १५ दशमलव ५३ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस