aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सनराइज बैंकद्वारा जारी तीन अर्बकाे ऋणपत्र सबै बिक्रि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
सनराइज बैंकद्वारा जारी तीन अर्बकाे ऋणपत्र सबै बिक्रि

काठमाडौं । सनराइज बैंकले जारी गरेको सात वर्ष अवधिरहेको तीन अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि भएको छ ।  

२०७६-७-२० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा २०७६-७-२४ गते र ढिलोमा २०७६-८-१९ गते सम्म खुल्ला रहेको थियो । 
१०.२५% व्याज प्रदान गरिने उक्त ऋणपत्र २०७६-७-२४ गते सम्ममा पूर्ण बिक्रिभएको बैंकले जनाएको छ । 

सर्वसाधारण निष्कासनका तर्पmबाट ४५ कराेड ३८ लाख २९ हजार बराबरको  ४ लाख ५३ हजार ८ सय २९ कित्ता र परिपत्र विधिको तर्पmबाट रु.२ अर्ब ५४ कराेड ६१ लाख ७१ हजार बराबरको २५ लाख ४६ हजार १ सय ७१ कित्ता ऋणपत्र बिक्रि भएको बैंकले जनाएको छ । ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो । 
 
अघिल्लो आर्थिक वर्षमा पनि बैंकले १ अर्ब रुपैंया बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्रि गरेको थियो । यससंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुजींको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था सन्राइज बैंकले पूरा गरेको बैंकले जनाएको छ । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १२७ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर, १४७ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬
 

प्रतिक्रिया दिनुहोस