aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल बङ्गलादेश बैंक मुनाफा ५४ प्रतिशतले वृद्धि गरि कमायो १ अर्ब १४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
नेपाल बङ्गलादेश बैंक मुनाफा ५४ प्रतिशतले वृद्धि गरि कमायो १ अर्ब १४ करोड

नेपाल बङ्गलादेश बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ अर्ब १४ करोड १४ लाख रुपैयाँ कमाउन सफल भएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५४ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा ७३ करोड ८० लाख रुपैयाँ रहेको थियो । 

८ अर्ब ८ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिटेन्ड अर्निङ्ग ६९ करोड २६ लाख रुपैयाँ र जगेडा ३ अर्ब १९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

बैंकले निक्षेपमा ५६ अर्ब ६ करोड १५ लाख निक्षेप संकलन गरि कर्जामा ५१ अर्ब ५२ करोड १३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । 

बैंकको खुद ब्याज आम्दानी ५१ प्रतिशतले बढेर २ अर्ब ११ करोड १३ लाख रुपैयाँ र सञ्चालन नाफा ६५ दशमलव ३० प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १८ दशमलव ८२ रुपैयाँ, मुल्य आम्दानी अनुपात ११ दशमलव २७ गुणा, प्रतिशेयर नेटवर्थ १४८ दशमलव १० रुपैयाँ र तरलता अनुपात २५ दशमलव ०९ प्रतिशत रहेको छ ।

बैंकको आधार ब्याजदर १० दशमलव ६९ प्रतिशत, कोषको लागत ७ दशमलव.६६ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ८६ प्रतिशत र जोखिम युक्त सम्पत्ति ११ दशमलव ७६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस