aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

देवः विकास बैंकको शाखा बहादुरगञ्जमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
देवः विकास बैंकको शाखा बहादुरगञ्जमा

काठमाडौं । देवः विकास बैंकले कृष्णनगर नगरपालिका, वडा नं ८ स्थित बहादुरगञ्जमा संचालित शाखा विधिवत रूपमा सोमबार उद्घाटन गरेको छ । 
कार्यक्रममा प्रमुख अतिथि  रजत प्रताप शाहज्यूले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग हातेमालो गरी स्थानीय श्रोत परिचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गदै उनले यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहने विश्वासका साथ बैंकको सफलताका लागि शुभकामना व्यक्त गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी क्यासलेस कारोबारलाई बढाउन देवः भिसा कार्डको प्रयोग गर्दा ३ प्रतिशत क्यासब्याकको सुविधा उपलब्ध गराउन लागेको जानकारी दिए । 

साथै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक पर्यटनको प्रबद्र्धनका लागि सेवाग्राहीहरुलाई निःशुल्क भिसा डेविट कार्ड र ई बैंकिङ्ग सेवा उपलब्ध गराइने जानकारी समेत दिए ।  

प्रतिक्रिया दिनुहोस