aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनसीसी बैंक र सेलपेबीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० मंसिर २०७६
एनसीसी बैंक र सेलपेबीच सहकार्य

काठमाडौ । एनसीसी बैंकले  राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । 

उक्त बैंकले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको हो । 

सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । 
एनसीसी बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।

सेलपे, सेलकमद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । 

ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिल लगायत बिल भुक्तानी गर्न सकिने छ ।

एनसीसी बैंकले १२० शाखाहरु र ९४ एटीएमहरु मार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस