
काठमाडौं । नबिल बैंकले प्रस्ताव गरेको ३४ प्रतिशत लाभांश पुस २२ गते पारित गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित लाभांशको प्रस्ताव पारित गर्न पुस २२ गते ३५औं वार्षिक साधारण सभा बोलाएको हो ।
बैंकले यस वर्ष शेयरधनीका लागि १२ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाले बैंकको अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, बैंकको प्रबन्धपत्र र नियमावली संशोधनसँगै संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका विषय छलफल पश्चात पारित गर्नेछ ।
साधारण सभा र लाभांश प्रयोजनको लागि बैंकले पुस ८ गते बुक क्लोज गर्ने भएको छ । ९ अर्ब १ करोड १८ लाख ४५ हजार चुक्ता पुँजी रहेको बैंकको बोनसपश्चात १० अर्ब ९ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस