aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल एसबीआई बैंकको नगद लाभांश आजदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
नेपाल एसबीआई बैंकको नगद लाभांश आजदेखि

काठमाडौं । नेपाल एसबीआई बैंकले पुस १ गते देखि नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकले मंसिर २९ गते २६औं बार्षिक साधारण सभामार्फत पारित गरेको १० दशमलव ८४ प्रतिशत नगद लाभांश आइपीएसमार्फत शेयरधनीको बैंक खातामा जम्मा गर्न शुरु गरेको हो ।

बैंकले ६ प्रतिशत बोनस शेयर दिने भएको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकरण भएपश्चात हितग्राही खातामा जम्मा हुने छ । बैंकले साधारण सभाबाट पारित भएको तीन कार्यदिन भित्र नगद लाभांश वितरण गर्न शुरु गरेको हो । यो लाभांश पाउने शेयरधनीहरुले हितग्राही खाता खोलि बैंक खाता अद्यावधिक गराउनुपर्नेछ ।

हालसम्म पनि हितग्राही खाता नखोलेका र खोलेर पनि शेयर अभौतिकीकरण नगराएका सदस्यहरुलाई लाभांश प्राप्त गर्न यथासिघ्र गर्न गराउन भनेको छ । बैंकको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । साथै, यस अघि विभिन्न वार्षिक साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्ष वितिसक्दा पनि संलकन नभएको र बैंकले आईपीओ एफपीओ साथै हकप्रद निष्काशन गर्दा आवेदन पेश गरी फिर्ता रकम लिन केही सदस्यहरु बाँकी रहेकाले समयमै बुझिलिन समेत बैंकले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस