
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलवार दुई लघुवित्त कम्पनीसहित तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले स्वावलम्बन लघुवित्त, नेपाल एग्रो लघुवित्त र श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरेको हो ।
स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस शेयरपछिको मूल्य ८१८ दशमलव २५, नेपाल एग्रो लघुवित्तको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य ६२६ दशमलव शून्य ९, श्रीइन्भेष्टमेन्टको २ दशमलव ३५ प्रतिशत बोनस शेयरपछिको मूल्य १५१ दशमलव ४४ रुपैयाँ तोकेको हो । यी तीनवटै कम्पनीले प्रस्तावित लाभांश र वार्षिक साधारण सभा प्रयोजनका लागि पुस १ गतेदेखि बुक क्लोज गरेका छन् । स्वावलम्बनले पुस २० गते , नेपाल एग्रोले पुस १२ गते र श्रीइन्भेष्टमेन्टले पुस ११ गते वार्षिक साधारण सभा बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस