aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

स्पर्स लघुवित्तले मर्जरपश्चात शतप्रतिशत हकप्रद दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
स्पर्स  लघुवित्तले मर्जरपश्चात शतप्रतिशत हकप्रद दिने

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस २७ गतेका लागि तय गरेको छ । सभामा प्रस्तावित लाभांशसहित अन्य प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । 
यस वर्ष कम्पनीले शेयरधनीहरुका लागि १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव सहित अन्य लघुवित्त कम्पनीसँग मर्जरमा जाने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र मर्जर तथा प्राप्ति पश्चात कायम चुक्ता पुँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव सभाका लागि तय भएको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीको पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्दैछ । 
गत चैत १० गते सर्वसाधारणमा शेयर बाँडफाँड गरी नेपाल स्टक एक्सचेञ्जमा वैशाख २२ गते सूचीकृत गराएको हो । हाल कम्पनीको चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार छ । प्रतिशेयर आम्दानी वार्षिक २९ दशमलव ५५ रहेको यस कम्पनीले देशका १० जिल्लाहरुमा २० शाखा कार्यालयमार्फत २६ हजारभन्दा बढी विपन्न परिवारमा सेवा पु¥याएको छ । 

प्रतिक्रिया दिनुहोस