aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवाको १०८औं शाखा हल्लनचोकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
कामना सेवाको १०८औं शाखा हल्लनचोकमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १०८औं शाखा हल्लनचोकमा सञ्चालन गरेको छ । सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ४ अन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका वडा नं ०३ स्थित हल्लनचोकमा सोमबार शाखा कार्यालय स्थापना गरी कारोबार शुरुआत गरेको हो ।

बाग्लुङ्ग नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुतm रुपमा शाखाको उद्घाटन गर्नुभएको थियो । 

कारोबार शुभारम्भ समारोहमा बाग्लुङ्ग उद्दोग वाणिज्य संघका अध्यक्ष युवराज राज भण्डारी ,समाजसेवी बलावति शर्मा ,गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, कर्मचारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस