aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एनआईसी एशिया बैंकको थप ६ शाखा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
एनआईसी एशिया बैंकको थप ६ शाखा विस्तार

काठमाडौँ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले एकै साथ काठमाडौँमा ६ नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौं महानगरपालिका वडा नं. १६ बोहोराटारस्थित बोहोराटार शाखाको स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेबाट, काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीस्थित खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटाबाट उद्घाटन भएको छ।

यस्तै, काठमाडौं महानगरपालिका वडा नं. १६, माछापोखरीस्थित माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालबाट, काठमाडौं महानगरपालिका वडा नं. ३२, नरेफाँटस्थित नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुलीले सुभारम्भ गरे।

यसैगरी काठमाडौं महानगरपालिका वडा नं. २८, पुतलीसडकस्थित पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीबाट र काठमाडौं महानगरपालिका वडा नं. ३ स्वयम्भूस्थित स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठबाट एक समारोहकाबीच उद्घाटन सम्पन्न भयो। उक्त विभिन्न शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस