aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिन्धु विकास बैंकले १२.०९% लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
सिन्धु विकास बैंकले १२.०९% लाभांश दिने

काठमाडौं । सिन्धु विकास बैंकले १२.०९% लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ११.५१३% बोनस सेयर र कर प्रयोजनार्थ ०.५७५% नगद लाभांश दिने घोषणा गरेको हो । 
 
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी ५० करोड २७ हजार ३१६ रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ५५ करोड ७६ लाख पुग्ने भएकाे छ । 

प्रतिक्रिया दिनुहोस