aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

देवः विकास बैंकद्धारा क्यासलेस कारोबार गर्दा ३ प्रतिशत नगद फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ पुस २०७६
देवः विकास बैंकद्धारा क्यासलेस कारोबार गर्दा ३ प्रतिशत नगद फिर्ता

काठमाडौं । देवः विकास बैंक लिमिटेडद्धारा क्यास लेस बैकिङलाई प्रोत्साहन गर्ने हेतुले आफ्ना ग्राहक महानुभावहरुलाई विभिन्न सुविधा उपलब्ध गराएको छ । 

यस सुविधा अन्तर्गत पोस मेसिनबाट कारोबार गर्दा, मिति २०७६ पुस १ गतेदेखि लागु हुने गरी कारोबार रकमको ३ प्रतिशत नगद फिर्ताको योजना ल्याएको छ । 

साथै नेपाल भरी कुनै पनि भिजा नेटवर्कको एटिएमबाट नगद निकाल्दा कुनै पनि शुल्क नलाग्ने ब्यवस्थालाई यथावत राखि भारतमा समेत भिजा नेटवर्कको –एटिएमबाट नगद निकाल्दा कारोबार शुल्क बापत लाग्ने शुल्क २ सय ५० रुपैयाँमा सोही मितिबाट लागु हुने गरी १ सय ५० रुपैयाँ मात्र शुल्क लाग्ने ब्यवस्था गरिएको छ । 

मोबाइल बैकिंङ तथा देवः विकास बैंक बाट टपअप गर्दा कारोबार रकमको २ प्रतिशत नगद फिर्ताको योजना ल्याएको छ । साथै बचत खातामा निःशुल्क भिजा डिबिट कार्ड, मोबाइल बैकिंङ र ई–बैकिङ सुबिधा प्रदान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस