aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ प्लस एकाउन्ट’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ पुस २०७६
सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ प्लस एकाउन्ट’

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सेञ्चुरी सेभिङ प्लस एकाउन्टको शुरुवात गरेको छ । यस खातामा ५० हजार न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुतmानी हुनेछ । साथै  १० लाखसम्मको प्राणघातक रोग/दुर्घटना/दीर्घकालीन अशक्तताको बीमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । 

त्यस्तै खातावालाले नेपालका अन्य कुनै बैंकको एटीएम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छुट समेत दिइने बैंकले जनाएको छ । उक्त खाता बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गर्नुभएको थियो । 
बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखा र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस